Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ललितपुर पत्रिका

ललितपुर वडा नं ५ को शान : अपराधमाथि निगरानी राख्दै विकासमान !

ललितपुर वडा नं ५ को शान : अपराधमाथि निगरानी राख्दै विकासमान !

  • ललितपुर । ललितपुर महानगरपालिकाको लगनखेलस्थित वडा नं ५ को कार्यालयबाटै वडाका सवै मुख्य टोलका नाका तथा स्थानलाई निरिक्षण गर्न सकिने भएको छ । वडामा हुने गरेका अपराधिक गतिविधिदेखि कोरोनाको कहरमा सुरक्षा अपनाउन निरिक्षणको व्यवस्था गरिएको वडाध्यक्ष विकासमान श्रेष्ठले बताए ।

    onlinepatrika
    Arghakhachi

    सीसी क्यामरा जडान गरेर वडालाई अझ सुरक्षित बनाउने अभियानमा जुटेको बताउँदै वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले भने, ‘वडालाई कोरोनाको कहरमा सुरक्षित बनाउनुका साथै सतर्कता अपनाउन सन्देश फैलाएका छौं । र, अपराधमाथि पनि निरन्तर निगरानी पनि गरिरहेका छौं ।

    AGNI GROUP

    सीसी क्यामरा जडान गरेर वडालाई अझ सुरक्षित बनाउने अभियानमा जुटेको बताउँदै वडाध्यक्ष श्रेष्ठले भने, ‘वडालाई कोरोनाको कहरमा सुरक्षित बनाउनुका साथै सतर्कता अपनाउन सन्देश फैलाएका छौं । र, अपराधमाथि पनि निरन्तर निगरानी पनि गरिरहेका छौं ।

    cc camera.jpg

    कोरोनाको कहरका कारण जारी लकडाउनले विपन्न वर्गदेखि मध्यम वर्ग र ज्येष्ठ नागरिकहरुसम्मलाई परेका पीरमर्काहरुलाई सम्वोधन गरेर सेवा दिने कार्य भईरहेको वडा अध्यक्ष श्रेष्ठले बताए । वडावासीका लागि आवश्यक खाद्यान्नदेखि औषधि लगायतका स्वास्थ्य सामाग्री उपलव्ध गराउने कार्यमा आफू अहोरात्र खटिरहेको वडा अध्यक्ष श्रेष्ठको दावी छ ।

    वडावासीका हरेक प्रशासनिक कार्यदेखि व्यावहारिक कार्यसम्म सहज र सरल वनाउन विभिन्न नयाँ बैज्ञानिक प्रविधिहरुलाई प्रयोगमा ल्याउने कार्य गर्दै गरेको तथा आफ्नो वडावाट विदेशमा कामको सिलसिलामा तथा अध्ययनका सिलसिलामा गएका सवैको अपडेट रेकर्ड राखेको र उनीहरु फर्केमा सुरक्षितरुपमा राख्ने व्यवस्था पनि गरिसकेको बताएका छन् ।

    यता, लकडाउनको समयमा जनताको घरको दैलोमा पुगेका वडाध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकहरुको समस्यापनि टिपोट गरेका छन् । उनीहरुले नियमितरुपमा गर्नुपर्ने औषधी सेवनमा समस्या देखिएको बताउँदै वडाध्यक्ष श्रेष्ठले भने, ‘हामीले सकेसम्म वडाको बजेटबाट खरिद ऐनले मिलेसम्म ती जेष्ठ नागरिकहरुलाई औषधीको व्यवस्था गर्न खोजिरहेका छौं ।’ अनलाइन पत्रिकासँग कुराकानीको क्रममा वडाध्यक्ष श्रेष्ठले वडाको विकासको लागि सहयोगी बनेका हातहरुलाई धन्यवाद दिन बिर्सिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij