Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गत फागुन १४ गतेदेखि मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीलाई सरकारले १० लाख सहयोग गर्ने भएको हो । आज (शुक्रवार) बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारारत जोशीका परिवारका सदस्यलाई भेटी सरकारले सहयोग गर्ने बारे जानकारी दिएका हुन् । मन्त्री पोखरेलले जोशीको पछिल्लो स्वास्थ्यअवस्थाका बारेमा उपचारमा संलग्न चिकित्सकहरुसँग जानकारीसमेत लिएका थिए । फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ ।

    images
    images
    images

    केही दिनको उपचारपछि जोशीको अवस्थामा सुधार आएको थियो । त्यसको केही दिनपछि स्वास्थ्यमा समस्या आएपछि भेन्टिलेटरमै राखेर उपचार जारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij