Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

म्यान्मार कू: कूपछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई आग्रह

म्यान्मार कू: कूपछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई आग्रह

  • काठमाडौँ । भारतीय अधिकारीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन्। म्यान्मारका अधिकारीहरूले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु ती प्रहरी अधिकारीलाई फर्काउन आग्रह गरेका हुन्। म्यान्मारमा गत महिना भएको सैन्य कूपछि विरोध प्रदर्शन र हडताल भइरहेका छन्। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूमाथि कडा रवैया अपनाएका छन् र अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको बताइएको छ।

    onlinepatrika
    Arghakhachi

    शनिवार पनि प्रदर्शनकारीहरूले देशभरि नै निषेधाज्ञा उल्लङ्घन गर्दै देशभर विरोधमा उत्रिएका थिए। सबैभन्दा ठूलो शहर याङ्गुनमा प्रहरीले अश्रु ग्यास, रबरका गोली र ग्रिनेडहरू प्रयोग गरेर भिड तितरबितर पारेका विवरणहरूमा जनाइएको छ। पछिल्लो समय थप मृत्युको खबर आएको छैन।

    AGNI GROUP

    भारतको मिजोरम प्रान्तको चम्फाइ जिल्लाकी उपआयुक्त सीटी जुआलीले रोयटर्स समाचार संस्थालाई आफूले म्यान्मारको फालम जिल्लाबाट प्रहरी अधिकारीहरूलाई फिर्ता गर्ने अनुरोध गर्दै लेखिएको पत्र प्राप्त गरेको बताएकी छन्। पत्रमा करिब आठजना प्रहरी अधिकारी भारत छिरेको म्यान्मारलाई थाहा भएको उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, ूदुई छिमेकी मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्न भारत आइपुगेका म्यान्मारका आठ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिन र म्यान्मारलाई फिर्ता गर्न आग्रह गरिन्छ।

    आफूले दिल्लीस्थित गृह मन्त्रालयको निर्देशन कुरिरहेको जुआलीले बताइन्।  रोयटर्सका अनुसार पछिल्ला दिनमा प्रहरी अधिकारीसहित करिब ३० जनाले सीमा कटेर भारतमा शरण लिन आइपुगेका छन्। शनिवार म्यान्मारका थप मानिसहरू भारत छिर्नका लागि सीमा क्षेत्रमा आइपुगेको भारतीय अधिकारीलाई उदृत गर्दै एएफपी समाचार एजेन्सीले छापेको छ।

    कसरी शुरू भयो अशान्ति ?
    म्यान्मारको सेनाले फेब्रुअरीको शुरूमा जननिर्वाचित नेतृ आङ सान सू चीलाई नियन्त्रणमा लिएर शासन सत्ता हातमा लिएको थियो।

    त्यसको केही दिनदेखि नै नागरिक अवज्ञा अभियान शुरू भयो, कैयौँ मानिस काममा फर्कन अस्वीकार गरे र सडक प्रदर्शन हुन थाल्यो । म्यान्मारका सुरक्षा फौजले त्यसप्रति कडा रवैया अपनाए र प्रदर्शनकारीमाथि गोली प्रहार गरे। सेनाले प्रदर्शनकारीको मृत्युमाथि प्रतिक्रिया व्यक्त गरेको छैन।

    २९ पत्रकारसहित सांसद प्रदर्शनकारी गरेर १,७०० भन्दा बढी मानिसलाई गिरफ्तार गरिएको संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार प्रमुख मिशेल ब्याचलेले बताइन्।

    ब्याचेले भनिन्, ठूलो सङ्ख्यामा भएको प्रदर्शन र त्यहाँको गतिविधि अनुगमन गर्नमा भएको कठिनाइका कारण त्यो सङ्ख्या अझ बढी पनि हुन सक्छ। बीबीसीबाट साभार 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij