
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेप्सेको सिस्टममा समस्या आएपछि यसको शेयर मूल्य ५९४ रुपैयाँले घटेको देखाइएको थियो । २० अर्ब चुक्ता पूँजी भएको कम्पनीको शेयर मूल्य एकैपटक शुन्यमा झरेको देखाएपनि नेप्से परिसूचक समेत २५ सय अंकमा पुगेको थियो । निफ्राको शेयर गत आइतबारदेखि कारोबार सुरु भएको थियो । मंगलबार निफ्राको २० मिनेटमा पोजेटिभ र नेगेटिभ सर्किट लागेको थियो । नेप्सेको सिस्टममा निफ्राको देखिएको समस्या समाधान भएपछि अहिले परिसूचक २५९९.०७ अंकमा सिमित भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक अहिलेसम्म १२.५६ अंकले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij