Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा राज्यकोषमा २७ लाख ३६ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ ।
ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरेकाहरुबाट कारबाहीस्वरुप राजस्व दाखिला भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १ सय १ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ५, एकतर्फी सडकमा सवारी चलाउने १ सय २९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९ सय ८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij