Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रेडकर्नर नोटिसपछि थाइल्यान्डबाट तुल्सालाई तानियो

रेडकर्नर नोटिसपछि थाइल्यान्डबाट तुल्सालाई तानियो

  • काठमाडौं ।  टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार थाइल्यान्डबाट पक्राउ परेकी अधिकारीलाई राति नै काठमाडौं ल्याइएको हो । 

    onlinepatrika
    Arghakhachi

    उनलाई शनिबार राति नेपाल ल्याइएको र अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

    AGNI GROUP

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व), सुनवल नगरपालिका–६ स्थायी ठेगाना भएकी अधिकारीलाई ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो ।

    उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए ।

    उनी भागेर विदेश गएको खुलेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अर्को छुट्टै साइबर अपराधको मुद्दासमेत दायर भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट