Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सुर्तीजन्य पदार्थमा कर बढाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले गम्भीर स्वास्थ्य सङ्कट निम्त्याएको भन्दै नियन्त्रणका लागि कर वृद्धि गर्नुपर्ने बताए।
उनले भने, ‘आज नेपालमा करिब ८५ लाखभन्दा बढी नेपाली सुर्तीजन्य पदार्थको असरबाट आक्रान्त छन्। १४ देखि २४ वर्ष उमेर समूहका स्कुल तथा कलेजमा अध्ययनरत करिब ८ लाख युवा यो लतमा फसेको छन्। सुर्तीजन्य पदार्थ सेवनकै कारण नेपालमा हरेक वर्ष करिब ३९ हजार नागरिकको मृत्यु भइरहेको छ।’
अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुर्तीजन्य पदार्थको प्रयोग घटाउन करको दायरा बढाउन आवश्यक रहेको बताए। उनले डब्लूएचओले समेत सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ७५ प्रतिशतसम्म कर वृद्धि गर्न सुझाव दिएको बताए।
उनले भने, ‘भारतमा मात्र ५८, बङ्गलादेशमा ७३ प्रतिशत यो कर लाग्ने गरेको छ, नेपालमा मात्रै ४० प्रतिशत छ। त्यस अर्थमा यसलाई नियन्त्रण गर्न यो बढाउनुपर्छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij