Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनलाई संसद्‍मा उपस्थित गराउने रास्वपाको बाचा

बालेनलाई संसद्‍मा उपस्थित गराउने रास्वपाको बाचा

  • काठमाडौं । सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा ल्याउने प्रतिबद्धता जनाएका हुन्।

    onlinepatrika
    Arghakhachi

    विपक्षी दलहरूले संसद् नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनैपर्ने अडान लिइरहेका छन्। संसद् नियमावलीमा संसद् सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरूबिच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।

    AGNI GROUP

    यसअघि विपक्षीले सोही माग राखेर संसद् अवरुद्ध गर्दै आएका छन् । केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए आजको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

    संसद् बैठक अहिले जारी छ ।

    आकस्मिक समय, विशेष समय र शून्य समयको कार्यक्रम सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउने जानकारी सत्तापक्षले नदिए आजको बैठक पनि अवरुद्ध गर्ने तयारीमा आफूहरू रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

    विपक्षी दलले जेठ १५ मा अर्थमन्त्रीले सङ्घीय संसद् बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट सबै सांसदले शान्तिपूर्वक सुन्ने वातावरण बनाउन सत्तापक्षलाई आग्रह गरेका छन् ।

    विपक्षीले प्रधानमन्त्री कहिले संसद्मा आउँछन् भन्नेबारे मिति तोक्न माग गरे ।

    रास्वपा प्रमुख सचेतक बुर्लाकोटीले छिट्टै ल्याउने प्रतिबद्धता जनाए पनि मिति भने तोक्न सकेनन् ।

    दुलालले भने, ‘रास्वपा प्रमुख सचेतकले आजै दुई घण्टाभित्र सरकारसँग कुरा गरेर जवाफ दिने बताउनुभएको छ । यही मितिमा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि ल्याउँछु भन्न सक्नुभएन । खाली हामी ल्याउँछौँ भन्नुहुन्छ। तर, समय तोक्न सक्नुहुन्न ।’

    प्रधानमन्त्री आउने दिनसम्मका लागि संसद् बैठक स्थगन गर्न पनि विपक्षीले माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट