Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जना विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई समेत दु:ख हैरानी दिने गरेको सूचनाका आधारमा ठमेलका विभिन्न स्थानमा निगरानी र चेकजाँच गरिएको थियो।
सो क्रममा युगान्डा, बंगलादेश, केन्या र भियतनामका महिला नागरिकहरूले बाटो हिँडिरहेका विदेशी तथा नेपाली पुरुषहरूलाई अनावश्यक रूपमा रोकी यौन कार्यका लागि पैसाको बार्गेनिङ गर्दै हैरानी दिइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij