Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदमा सशक्त रूपमा उत्रने विपक्षी दलहरूको तयारी, सभामुखको भूमिकामा प्रश्न

संसदमा सशक्त रूपमा उत्रने विपक्षी दलहरूको तयारी, सभामुखको भूमिकामा प्रश्न

  • काठमाडौं । विपक्षी दलहरूले आउँदा दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरुको संयुक्त बैठकले प्रधानमन्त्रीले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल भएको एमाले प्रमुख सचेतक ऐन महरले बताए ।

    AGNI GROUP

    ‘सरकारले संसदीय मूल्य मान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर र पेलेर अघि बढ्ने दुस्साहस र गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाबारे घनिभूत र गम्भीर छलफल भयो’, महरले भने ।

    उनका अनुसार संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलिको पालना र लोकतन्त्रको रक्षार्थ सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता साझा निचोड निकालिएको छ।

    बैठकमा कांग्रेसबाट बासना थापा, एमालेबाट महर, नेकपाका युवराज दुलाल र राप्रपाबाट खुस्बु ओली सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij