Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मीनबहादुरले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने

मीनबहादुरले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने

  • काठमाडौं । नेकपा एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ।

    onlinepatrika
    Arghakhachi

    एमालेको सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङले कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका छन्।

    AGNI GROUP

    २०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने बताएका थिए। यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो।
    सचिवालयको निर्णय विरोध गरेको भन्दै नेताहरू डा.विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना पार्टी जिम्मेबारीबाट निलम्बन गरिएको थियो।

    गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनीमा आगजनी गरिएपछि गुरूङ नै आफ्नो प्रस्ताबाट फिर्ता भइसकेको नेताहरूले बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट