Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सांसद महावीर पुनले बाँदर आतंक नियन्त्रण गर्न सहज नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँदर आतंकबारे ७ वर्षदेखि नियन्त्रणको प्रयास गर्न खोज्दा पनि सफल नभएको बताए ।
उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले ५०-६० लाख रुपैयाँ खर्च गरेर बाँदर आतङ्कलाई कम गर्नको लागि केही उपायहरू अनुसन्धान गर्न खोजेको हो । मैले हरेक गाउँपालिकाहरूलाई एक-एक लाख रुपैयाँ उठाउनुहोस्, १०० वटाले उठाउनुभयो भयो भने एक करोड रुपैयाँ हुन्छ । त्यति पैसाले त पुग्दैन होला, तैपनि यसमा अनुसन्धान गरेर बाँदरलाई आतङ्कबाट कम गर्ने भन्ने कुरा गर्नको लागि अनुसन्धान गर्नैपर्छ ।’
उनले बाँदर आतंकबारे संसद्मा कराएर केही हुनेवाला नभएको बताए ।
उनले भने, ‘बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई भगाउने प्रविधि संसारभरि मैले खोजेकै हो, छँदै छैन । अनुसन्धान गर्नको लागि खर्च छुट्ट्याउनुपर्छ, अहिलेको सरकारले एउटा टिम गठन गर्दै छ, त्यो टिममा मलाई पनि राख्नु भनेको छु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij