Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री शाहले दर्ता गराएका दुईवटै विधेयक, कानुनमन्त्रीले गरिन् पेश

प्रधानमन्त्री शाहले दर्ता गराएका दुईवटै विधेयक, कानुनमन्त्रीले गरिन् पेश

  • काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले दर्ता गराएका दुईवटै विधेयक प्रतिनिधिसभामा पेश भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री र गृहमन्त्रीको हैसियतमा शाहले दर्ताका लागि प्रतिनिधिसभामा पठाएका विधेयकहरू कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबारको प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् ।

    AGNI GROUP

     प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा पेश भएको हो ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा र मतदाता नामावली (पहिलो संशोधन) विधेयक गृहमन्त्रीको हैसियतमा शाहले अघि बढाएका हुन् ।

     नेपालको संविधानको धारा ८४ को उपधारा ९२० मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्दसूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ ।

    २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याइएको बताइएको छ ।

    मतदाता नामावली संशोधन विधेयक ल्याउनुको कारणमा यसअघि अध्यादेशमार्फत भएको संशोधनलाई देखाइएको छ ।

    २१ फागुनको निर्वाचनका लागि छुट भएका मतदातालाई मतदाता नामावलीमा समावेश गराउन सरकारले अध्यादेश ल्याएको थियो ।

    प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

    अब संसद्मा यी विधेकहरूमाथिको दफावार छलफल अघि बढ्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij