Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाका सांसदहरू निरीह देखिए : वर्षमान

रास्वपाका सांसदहरू निरीह देखिए : वर्षमान

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छ्न् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरे ।

    AGNI GROUP

    सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने पुनको भनाइ छ ।

    ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरु छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए । सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन पुनले ध्यानाकर्षण गराएका छ्न् ।

    सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij