Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सदनमा मन्त्री यादवको जवाफ- युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउन प्रतिबद्ध छौँ

सदनमा मन्त्री यादवको जवाफ- युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउन प्रतिबद्ध छौँ

  • काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकारको ‘जिरो टोलरेन्स’ नीति रहेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभामा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुका साथै स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए।

    AGNI GROUP

    उनले युवा शक्तिलाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए।

    उनले भने, ‘सीपयुक्त जनशक्ति उत्पादनका लागि विभिन्न तालिम तथा रोजगारमुखी कार्यक्रम सञ्चालन भइरहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, स्वास्थ्य तथा समग्र अवस्थाप्रति सरकार संवेदनशील छ। विदेशका अस्पतालमा उपचाररत तथा उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको सहयोगका लागि देशभित्रका संयन्त्र र विदेशस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको छ।’

    वैदेशिक रोजगार ठगी नियन्त्रणका लागि मन्त्रालयले पास्ट, प्रिजेन्ट र फ्युचर मोडलअनुसार काम अघि बढाएको बताए।

    उनले भने, ‘विगतका करिब ४० हजारभन्दा बढी फर्स्यौट नभएका उजुरीहरूको वर्गीकरण गरी समय सीमासहित समाधान गर्ने नीति लिइएको छ। साथै आगामी साउन महिनादेखि मुद्दा तथा अनुसन्धान प्रक्रियालाई सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ।’

    उनले दैनिक रूपमा आउने उजुरी तथा गुनासोको तत्काल सम्बोधनका लागि कमान्ड सेन्टर स्थापना गरिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिक सहजीकरणका लागि श्रम हेल्पडेस्क सञ्चालनमा ल्याइएको बताए।

    भविष्यमा वैदेशिक रोजगार व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरी पारदर्शी र न्यायोचित बनाइने बताए। वैदेशिक रोजगार ऐनलाई समयानुकूल बनाउन कानुनी सुधार प्रक्रिया अघि बढाइएको मन्त्री यादवले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij