Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं व्यवसायी विदुषी राणाले देशमा लगानीको वातावरण बन्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
संसदको बुधबारको बैठकमा बोल्दै राणाले पर्याप्त तरलताका बीच ब्याजदर सस्तो भएर पनि बैंक तथा वित्तीय संस्थाहरूमा १० खर्ब बढी लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको भन्दै यसले मुलुकमा लगानीको वातावरण बन्न नसकेको देखाउने बताइन् ।
उनले भनिन्, ‘बैंकमा पैसा थुप्रिनु मात्र समृद्धिको संकेत होइन, त्यो पैसा उत्पादन, रोजगारी र उद्यमशीलतामा प्रयोग भए मात्र त्यसले अर्थतन्त्र चलायमान हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ७८ खर्ब ७९ अर्ब पुगको छ । तर, ब्याजदर न्यून हुँदा पनि १० खर्ब बढी लगानीयोग्य रकम बैंकमै थुप्रिनु गम्भीर विषय हो ।’
चालु आर्थिक वर्षको ९ महिनामा कर्जाको वृद्धिदर जम्मा ५.७ प्रतिशत मात्र रहेको उल्लेख गर्दै सांसद राणाले अगाडि भनिन्, ‘देशमा बचत खाता ६ करोडभन्दा बढी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij