Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्लोबल आइएमई बैंकका कर्मचारीले सुसाइड गरेपछि...

ग्लोबल आइएमई बैंकका कर्मचारीले सुसाइड गरेपछि...

  • काठमाडौँ । ग्लोबल आईएमई बैंकका मेनेजर पिताम्बर खड्काले सिलिङ्गमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका छन् । बैंकका सीइओ सुरेन्द्र राज रेग्मी, बैंककी एचआर प्रमुख अनामिका सिंह, बैंकका डेपुटी सीइओ सुमन पोखरेल र दीप चन्द्र रेग्मीको नाम उल्लेख गरेर 'तिमीहरु हरामखोरले मलाई मार्यौ' लेखेर खड्काले आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार फेसबुकमा आफ्ना सिनियरहरुको फोटो राखेर उनले आफ्नो मृत्युको कारण बैंकका सीइओ र एचआर प्रमुखसहित ४ जना भएको प्रष्ट संकेत गर्दै आफ्नै घरमा आत्महत्या गरेका हुन् । फेसबुकमा स्ट्याटस लेखिसकेपछि खड्काले घरको भुइँतल्लामा गई प्लास्टिकको पासो लगाएर प्राण त्यागेका थिए।

    onlinepatrika
    Arghakhachi

    छोरा मृत अवस्थामा फेला परेपछि खड्काका बाबु महेश खड्काले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीको टोली घटनास्थलमा गई मुचुल्का तयार गरेको थियो । प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा पुगेको टोलीले घटनाको सबै विवरण लिएर मुचुल्का उठाई अनुसन्धान अघि बढाएको थियो । सो क्रममा प्रहरीले परिवारसँग प्रारम्भिक सोधपुछ समेत गरेको थियो । लगत्तै खड्काको शब पोष्टमार्टमका लागि दमक अस्पताल पुर्याइएको थियो । पोष्ट मार्टम रिपोर्टले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहालका अनुसार खड्का ग्लोबल आईएमई बैंकका कर्मचारी थिए । पछिल्लो समय बैंकले उनलाई बैंकबाट राजिनामा दिन प्रेसर दिएको र खड्काले आत्महत्या गरेकै दिन उनको राजिनामा स्वीकृत भएको बताइएको छ ।

    AGNI GROUP

    घटना भएको दिन बैंकका सीइओ सुरेन्द्र राज रेग्मी भने देशमै नरहेको पाइएको छ । उनी हाल जर्मनमा रहेको बैंकका अन्य अधिकारीले जानकारी दिए । घटनालगत्तै अनामिका सिंह भने अरुसँग सम्पर्कविहीन भएको र बैंकका सीइओ, डेपुटी सीइओ र लिगल टिमसँग मात्र सम्पर्कमा रहेको बताइएको छ । उनले अत्याधिक प्रेसर दिएकै कारण खड्काले मृत्युको बाटो रोजेको संकेत फेसबुक स्ट्याटसले गरेपछि सिंहले कानुनी परामर्श सुरु गरेकी हुन् । प्रहरीले सीइओसहितको टोलीलाई आत्महत्या दुरुत्साहनको मुद्धामा अनुसन्धान गरी मुद्धा चलाउन सक्छ । बैंकको सिनियर व्यवस्थापन टोलीलाई नै आत्महत्या दुरुत्साहनको मुद्धा लाग्ने देखेपछि बैंकको लिगल टिम दमकसमेत जाने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट