Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन

स्थिति नियन्त्रणमा लिन लाठीचार्ज

स्थिति नियन्त्रणमा लिन लाठीचार्ज

  • काठमाडौं । बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय तनावग्रस्त बनेको छ ।

    onlinepatrika
    Arghakhachi

    एक जना किन्नरलाई प्रहरीले नियन्त्रणमा लिएपछि सुरु भएको विरोध प्रदर्शन झडपमा परिणत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो।

    AGNI GROUP

    स्थानीय स्रोतका अनुसार कलैयामा किन्नर तथा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका दुई पक्षबीच केही समयदेखि आन्तरिक विवाद चल्दै आएको थियो।

    सोही विवादका क्रममा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एक जना किन्नरलाई पक्राउ गरेको थियो।

    आफ्नो साथीलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग राख्दै समुदायका अन्य सदस्यहरू आन्दोलित भएका हुन्।

    पक्राउको विरोधमा आक्रोशित बनेका किन्नरहरू ठूलो संख्यामा जिल्ला प्रहरी कार्यालय बाराको मुख्य गेट अगाडि जम्मा भएका थिए ।

    प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै सडकमै अर्धनग्न भएर प्रदर्शन सुरु गरे । चोक र सरकारी कार्यालय अगाडि भएको यस्तो अप्रत्याशित प्रदर्शनले गर्दा आसपासको यातायात र बजार क्षेत्र समेत केहीबेर प्रभावित बनेको थियो।

    प्रदर्शन शान्तिपूर्ण रूपमा मात्रै सीमित रहेन । नाराबाजीकै क्रममा आक्रोशित प्रदर्शनकारीहरूको समूहले जिल्ला प्रहरी कार्यालयको भित्री परिसरमा प्रवेश गर्न र कार्यालय घेराउ गर्न खोजेपछि सुरक्षा संवेदनशीलता बढेको थियो ।

    प्रहरीले निषेधित क्षेत्र पार नगर्न चेतावनी दिएता पनि प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि अवस्था नियन्त्रण बाहिर जाने जोखिम बढेको थियो।

    शान्ति सुरक्षा कायम राख्न र सरकारी कार्यालयको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्ज सुरु गरेपछि घटनास्थलमा भागाभाग मच्चिएको थियो । लाठीचार्जका क्रममा केही प्रदर्शनकारीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

    झडपको स्थिति सिर्जना भएलगत्तै सदरमुकाम कलैयाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा प्रहरीका अनुसार हाल सो क्षेत्रको अवस्था पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ र जनजीवन सामान्य बन्दै गएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट