Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले बाँदरले दुस्ख दिएको भन्दै मार्न पाउनुपर्ने बताएका थिए ।
तर, सांसद तामाङले उठेर राईको भनाइप्रति आपत्ति जनाइन् ।
उनले भनिन्, ‘उहाँले बाँदर मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । त्यो आपत्तिजनक छ । यो फिर्ता नभई पूरै काटेर फालिनुपर्छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij