Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रदेशमा मिलेर सर्वदलीय सरकार बनाऊँ – प्रचण्ड

प्रदेशमा मिलेर सर्वदलीय सरकार बनाऊँ – प्रचण्ड

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेर प्रदेश सरकार बनाउन भनी नेकपा एमाले र नेपाली कांग्रेसबाट प्रस्ताव आएका दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर एमाले र कांग्रेसबाट विगतदेखि प्रस्ताव आएका थिए, अहिले पनि आउने गरेको छ । तर, हाम्रो पार्टीले वा पार्टीको संयोजकको हैसियतले मैले त्यसलाई इन्कार गरेको छु’।

    AGNI GROUP

    कांग्रेसलाई बाहिर पठाएर एमालेसँग सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेसँग सरकार बनाउने नीति आजको परिस्थितिमा गलत भएको उनले बताए।

    ‘हामीले के भनेको छौँ भने यदि प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका साथै मधेसकेन्द्रित दलहरू मिलेर साझा सरकार बनाउने कुरा भएमा चाहिँ हाम्रो सहमति हुन्छ’, उनले भने, त्यसो गर्‍यो भने त्यस्ले देशमा लोकतन्त्र, गणतन्त्रको पक्षमा हिजोको शान्ति सम्झौता र संविधानसम्मका पक्षधर सबै एक ठाउँमा उभिँदा जनता पनि एउटा राहत प्रदान हुन्छ।’

    प्रचण्डले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका दलहरूको सर्वदलीय सरकार बनाउने भएमा नेकपा पनि सहमत हुने, नभए एमाले–कांग्रेसले चलाइरहेको सरकारलाई कुनै अवरोध नगर्ने बताए।

    यस क्रममा प्रचण्डले सुकुमवासीविरुद्ध डोजर आतंक मच्चाएको, ट्रेड युनियन खारेज गरेको, संविधान संशोधन भनेर समिति गठन गरेकोलगायत सरकारले गरेका कामकारबाहीप्रति विरोध जनाए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij