Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ ।
राखेपले आज निस्शर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारीसहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो।
यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो ।
एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ ९एएफसी० ले पनि राखेपलाई आग्रह गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij