Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अराजकता र लोकप्रियतावादको जगमा उभिएको सरकारले विद्यार्थी आन्दोलन दबाउन खोज्यो : महर

अराजकता र लोकप्रियतावादको जगमा उभिएको सरकारले विद्यार्थी आन्दोलन दबाउन खोज्यो : महर

  • काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले विद्यार्थी आन्दोलनलाई प्रतिबन्ध लगाउने प्रयास गरिरहेको जिकिर गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अनेरास्ववियु र युवा संघ नेपालको स्थापना दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएको विद्यार्थी आन्दोलनलाई विभिन्न आरोप लगाएर कमजोर पार्न खोजिएको बताए ।

    AGNI GROUP

    उनले वर्तमान सरकार तानाशाही, स्वेच्छाचारी, अराजकता र लोकप्रियतावादको जगमा उभिएको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमाथि नियन्त्रण गर्ने कुचेष्टा भइरहेको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘दुनियाँका कुनै बादशाह, तानाशाह र निरंकुश शासकलाई घुँडा टेकाउन सफल विद्यार्थी आन्दोलन नेपालमा पनि अझ परिस्कृत र समयानुकूल रूपमा रूपान्तरण हुँदै सही एजेन्डा, अनुशासित र संगठित ढंगले अघि बढ्नेछ ।’

    महरले निरंकुशता, अधिनायकवाद र राष्ट्रघाती प्रवृत्तिविरुद्ध विद्यार्थी आन्दोलन अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

    आफू विद्यार्थी आन्दोलनको पूर्व कार्यकर्ता भएको उल्लेख गर्दै उनले आन्दोलनको रक्षा, विकास र जीवन्तताका लागि जुनसुकै परिस्थिति र चुनौतीमा साथ रहने प्रतिबद्धता जनाएका छन् । महर अनेरास्ववियुका पूर्वअध्यक्ष पनि हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij