Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कार्यवाहक प्रमुख डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्त वाकाभीको शिष्टाचार भेट

कार्यवाहक प्रमुख डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्त वाकाभीको शिष्टाचार भेट

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुखसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीले शिष्टाचार भेट गरेकी छन् । काठमाडौं प्लाजामा रहेको कार्यवाहक प्रमुखको बैठक कक्षमा आज उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    भेटका क्रममा कार्यवाहक डंगोलले, सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवा तथा सहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताइन् ।

    AGNI GROUP

    आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुरा गर्दै डंगोलले, सार्वजनिक यातायातका साधनलाई यात्रुको पहिलो छनोट बनाउने कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

    कुराकानीका क्रममा डेपुटी एम्बास्डर वाकाभीले, सहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखका कानुनी दायित्व लगायत विषय जिज्ञासा राखेकी थिइन् ।

    ‘तपाईँ त युवा नै हुनुहुन्छ । राजनीतिमा कसरी प्रेरित हुनुभयो ।’ वाकाभीको प्रश्न राखिन् । जवाफमा डंगोलले, राजनीतिमा आउनु अघि आफू सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँदै सामाजिक क्षेत्रबाट एउटा मात्र क्षेत्रको सुधार गर्न सकिने तर राजनीतिमा गरिने एउटा नीतिगत निर्णयले धेरै व्यक्तिलाई एकै पटक लाभ दिन सकिने भएकोले राजनीतिमा आएको बताइन् ।

    भेटका अवसरमा दूताबासका पोलिटिकल फस्ट सेक्रेटरी द्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनिया, महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौत्तम, कार्यवाहक प्रमुखको सचिवालयका अधिकृत सौरभ गौत्तमसहित अधिकारीहरु सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij