Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईमाथि ‘युद्ध अपराध’को आरोपको मुद्दा सुनुवाइ भइरहेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो ।
तत्कालीन माओवादीका पूर्वबालसेना लेनिन विष्टले २०८२ वैशाख ११ गते दायर गरेको रिटमा माओवादी सशस्त्र द्वन्द्वका क्रममा बालसेना भर्ती गरिएको, शान्ति सम्झौतापछि पनि उनीहरूलाई न्याय नदिइएको, अयोग्य लडाकुको रूपमा वर्गीकृत गरिएको तथा क्षतिपूर्ति र पुनर्स्थापनामा राज्यले बेवास्ता गरेको जस्ता आरोप उल्लेख छन् ।
उक्त रिटमा प्रचण्ड र भट्टराईमाथि ‘युद्ध अपराध’को आरोप लगाउँदै कानुनी कारबाहीको माग गरिएको छ । आजै सो रिटमाथि सुनुवाइ सम्पन्न गरी निर्णय सुनाइने तयारी भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij