Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

सुर्खेत अनलाइन जुवा र ठगीमा संलग्न ३ जना पक्राउ

सुर्खेत अनलाइन जुवा र ठगीमा संलग्न ३ जना पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनलाइन जुवा (बेटिङ) खेलाउने तथा बैंक खाता दुरुपयोग गरी ठगी गर्ने आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई अनलाइन जुवा र सट्टेबाजी सञ्चालन गर्दै आएका उनीहरूले विभिन्न बैंकमा खाता खोलेर ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    गोप्य तथा प्राविधिक सूचनाको आधारमा अनुसन्धान गर्दा उनीहरू संलग्न रहेको खुलेको हो।

    पक्राउ पर्नेहरूमा पञ्चपुरी नगरपालिका–९ का ३९ वर्षीय शिक्षक महेन्द्रकुमार बोहरा, ४२ वर्षीय व्यवसायी यामलाल बिक र ४४ वर्षीय होटल व्यवसायी डम्बर बिक रहेका छन्।

    प्रहरीका अनुसार बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली ठगी कार्यमा प्रयोग गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनको खातामा करिब २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको देखिएको छ। त्यस्तै, यामलाल बिकले ५ वटा र डम्बर बिकले ९ वटा बैंक खाता प्रयोग गरी शंकास्पद कारोबार गरेको पाइएको छ।

    उनीहरूलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले उनीहरूमाथि बैंकिङ कसुर, जुवा–सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट