Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजलासमा हुलहुज्जत गरेको आरोपमा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लियो

इजलासमा हुलहुज्जत गरेको आरोपमा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लियो

  • काठमाडौं । सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेपछि वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रण गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौंका प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    हाल प्रदर्शनमा रहेको चलचित्र ‘लालीबजार’ विरुद्ध संघर्ष गरिरहेकी रोशनी आज आफ्नो मुद्दाको सुनवाइका लागि इजलासमा उपस्थित भएकी थिइन् । आफूले हालेको रिटमा सुनवाइ भइरहँदा उनले हुलहुज्जत गरेको भट्टराईको भनाइ छ । त्यहाँबाट नियन्त्रणमा लिएर होल्ड गरिएको उनले बताए ।

    AGNI GROUP

    यो चलचित्रले वादी समुदायका महिलाहरुलाई बदनाम गरेको भन्दै प्रदर्शन रोक्नुपर्ने माग रोशनीको छ । केही दिनअघि उनी रास्वपा सभापति रवि लामिछानेको गाडी अगाडि सुतिदिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट