Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाए ।
उनले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागी हुन रुलिङ गर्न सभामुखसँग माग गरे । हिजो आफ्नो दलको नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेको स्मरण गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij