Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् ।
आज ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेपनि उनको स्थानमा सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।
यो सँगै संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनको पर्खाइ लम्बिने भएको छ ।
सरकारले आजै नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने तयारी गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij