Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गर्न कांग्रेसको माग

प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गर्न कांग्रेसको माग

  • काठमाडौं । नेपाली काँग्रेसका नेता भिष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अचानक बैठकबाट बाहिर स्वास्थ्य बिग्रिएर गएको भन्ने विषय आएकाले प्रधानमन्त्रीको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका हुन् ।

    AGNI GROUP

    उनले प्रधानमन्त्रीका कारण संसदीय समितिका बैठक समेत प्रभावित भएको प्रति उनले सरकार र रास्वपाको ध्यानाकर्षण गराए । उनले करिब दुई तिहाइको जित हासिल गर्दा पनि एउटा गृहमन्त्री नियुक्त समेत गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

    साथै उनले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न सरकार हिच्किचाएको भन्दै प्रश्न गरेका छन् । उनले भने– ’अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो रु तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij