Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रियललाई स्तब्ध बनाउँदै बार्सिलोनाले जित्यो उपाधि

रियललाई स्तब्ध बनाउँदै बार्सिलोनाले जित्यो उपाधि

  • काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले उपाधि जितेको छ । क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि २–० को सहज जित हात हात पार्दै उपाधि रक्षा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उपाधि सुनिश्चित गर्न बार्सिलोनालाई मात्र एक अंक आवश्यक रहे पनि टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै रियलमाथि पूर्ण नियन्त्रण जमाएको थियो। पहिलो २० मिनेटमै दुई गोल गर्दै बार्सिलोनाले खेल पूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो।

    AGNI GROUP

    पहिलो गोल मार्कस राशफोर्डले शानदार फ्रिकिकमार्फत गरे। उनले प्रहार गरेको बल रियलका गोलरक्षक थिबाउ कोर्टुवालाई कुनै मौका नै नदिई जाली चुमाएको थियो । त्यसको केही समयपछि फेरान टोरेसले डानी ओल्मोको आकर्षक फ्लिक पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे । पहिलो हाफमै राशफोर्डले अर्को गोल गर्ने राम्रो अवसर बनाएका थिए तर कोर्टुवाले उत्कृष्ट बचाउ गरे।

    रियल मड्रिड भने पूरै खेलभर दबाबमा देखियो। टोलीले प्रभावकारी पुनरागमन गर्न सकेन। दोस्रो हाफमा ज्युड बेलिङ्घ्यामले गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन। त्यसबाहेक रियलले खासै अवसर सिर्जना गर्न सकेन। यो जितसँगै बार्सिलोनाले रियलमाथि १४ अंकको अग्रता बनाउँदै ला लिगा उपाधि फेरि आफ्नो नाममा सुरक्षित गरेको छ ।

    रियलमाथिको यो जितले बार्सिलोनालाई यो सिजन ला लिगाको च्याम्पियन पनि बनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij