Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

  • काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।

    AGNI GROUP

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij