Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबीच नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भएको थियो ।

    AGNI GROUP

    विशेष गरी उनीहरूबीच उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो ।

    भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्र कार्यक्रममा सहकार्य र साझेदारीताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरे ।

    मन्त्री पोखरेलले विश्व स्तरीय शिक्षा नेपाल मै दिने गरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिए ।

    उनले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए ।

    राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रवन्धकका बारेमा चासो व्यक्त गर्दै ,उनले उच्च शिक्षाका राम्रा अष्ट्रेलियन कार्यक्रमहरुमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij