Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रूपैयाँ घुस लिएको आरोपमा एक प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतले २० हजार रूपैयाँ घुस लिएको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले बैंकिङ कसुर अन्तर्गतको चेक बाउन्स मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने र मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। सोही कारण उनलाई २० हजार रूपैयाँ बिगो माग दाबी गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij