Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लिपुलेक क्षेत्र नेपाली भू-भाग रहेको चीनलाई पनि आधिकारिक रूपमा जानकारी गराइसक्यौँ : परराष्ट्र मन्त्रालय

लिपुलेक क्षेत्र नेपाली भू-भाग रहेको चीनलाई पनि आधिकारिक रूपमा जानकारी गराइसक्यौँ : परराष्ट्र मन्त्रालय

  • काठमाडौं । परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भू-भाग भएको विषयमा नेपाल सरकार स्पष्ट र अडिग रहेको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे नेपालले आफ्नो धारणा दुवै देशलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको बताए।

    AGNI GROUP

    १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट रहेको बताए।

    उनले भने, ‘यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौँ। साथै, लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको ब्यहोरा पनि हामीले उक्त नोटमा स्पष्ट पारेका छौँ।’

    नेपाली भूमि लिपुलेक हुँदै आवतजावत गर्ने विषयमा नेपालले भारत र चीन दुवै पक्षसमक्ष आफ्नो स्पष्ट अडान र सरोकार राखिसकेको बताए। लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको उनले स्पष्ट पारे।

    नेपाल र भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको भावना अनुरूप ऐतिहासिक सन्धि, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij