Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३ अर्ब ६२ करोड बढीकाे बिगो दाबी

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३ अर्ब ६२ करोड बढीकाे बिगो दाबी

  • काठमाडौँ । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता भएको हो । अख्तियारले सोही मुद्दामा पूर्व सचिवहरु शंकर अधिकारी,केबल भण्डारी,सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दावी गरेको छ । पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित ४ पूर्व सचिवहरुबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij