Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सांसदहरूलाई विद्युतीय हाजिरी प्रणालीमार्फत हाजिरी गराइने

सांसदहरूलाई विद्युतीय हाजिरी प्रणालीमार्फत हाजिरी गराइने

  • काठमाडौँ । संघीय संसद् सचिवालयले संसद्का सदस्यहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउन बायोमेट्रिक विवरण र औपचारिक तस्विर संकलन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसका लागि सचिवालयले सांसदहरूलाई मिति, समय र स्थान तोकेर उपस्थित हुन सूचना जारी गरेको छ ।

    AGNI GROUP

    सचिवालयले ‍बुधबार जारी गरेको सूचनाअनुसार सांसदहरूले वैशाख २४, २५ र २८ गते आफ्नो समितिको कार्यतालिकाअनुसार उपस्थित हुनुपर्नेछ । बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समिति वा अर्थ समितिको सभाकक्षमा यो कार्य गरिनेछ।

    सदस्यहरूलाई संघीय संसदको लोगो लगाएको औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ, जहाँ उनीहरूको बायोमेट्रिक विवरण लिई औपचारिक तस्बिर खिचिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij