Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पुराना, कुच्चिएको र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी

पुराना, कुच्चिएको र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी

  • काठमाडौं । बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागले प्रशोधित पिउने पानी बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा नपठाउन प्रशोधित पिउने पानी उत्पादक, दुवानीकर्ता एवं विक्रेतालाई निर्देशन दिएको हो ।

    AGNI GROUP

    सूचनाको वर्खिलाप गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०२१ बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

    गर्मी तथा वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानीकारक सुक्ष्म जीवहरुको संक्रमण बढ्न जाने र संक्रमित पानीको प्रयोगबाट मानिसमा रोगको संक्रमण हुने सम्भावना भएकाले जारको पानी विक्री वितरणमा कडाइ गरेको हो ।

    विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०६१ र नियमावली, २०२७ तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार उत्पादन तथा बिक्री वितरण गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

    सूचनामा भनिएको छ,‘बजारमा पुरानो, कुच्चयको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण भएको जनगुनासो प्राप्त हुन आएकोले त्यस्ता कार्य नगर्न नगराउनु हुन सबै प्रशोधित पिउने पानी उत्पादक, डुवानीकर्ता एवं विक्रेताहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ यस सूचनाको वर्खिलाप कार्य गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०२१ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij