Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद

एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद

  • काठमाडौँ । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लोड गरेर भारततर्फ लैजाँदै गरेको गाँजा प्रहरीले सुनसरीबाट बरामद गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    मंगलबार बराहक्षेत्र नगरपालिका वडा नम्बर–२ स्थित पुल्ठेगौंडाबाट १४८ केजी गाँजा बरामद गरिएको सुनसरीका एसपी केशव थेबेले रातोपाटीलाई बताए । 

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बिआर–०७–पिसी–४७६५ नम्बरको एम्बुलेन्समा सवार दुई जनालाई पक्राउ गरेको छ ।

    गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ पर्नेमा एम्बुलेन्स चालक बिहार घर भएका १८ वर्षीय धमेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार २१ वर्षीय मोहम्मद सदाम छन् ।

    उनीहरूमाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij