Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरमा छापा मारेकोप्रति आपत्ति जनाएको छ।
आज मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना समेत नदिई छापामार शैलीको अनुसन्धान कार्य अघि बढाएको भन्दै आपत्ति जनाएको हो।
दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘मुख्यमन्त्री इन्द्रबहादुर बानियाँप्रति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा उहाँ आबद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दलका नेतामाथि लगाइएको आरोपको संवैधानिक र कानुनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानबिन गर्न आग्रह गर्ने।’
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गरिने निर्णय समेत गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij