Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ

ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ

  • काठमाडौं । स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निजले बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसुर गरेकाले सोमबार पक्राउ गरेको हो । निजलाई काठमाडां जिल्ला अदालतको अनुमतिमा पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    AGNI GROUP

    स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट २ वैशाख २०७० मा दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएको थियो । स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले ३ वैशाख २०८० देखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।

    अनुमतिपत्र स्वतः रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीबमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार र संरचना प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij