Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुकुमबासी आन्दोलित भएपछि पोखराका मेयर भन्छन्, ‘आन्दोलन होइन, सहयोग गर्नुस्’

सुकुमबासी आन्दोलित भएपछि पोखराका मेयर भन्छन्, ‘आन्दोलन होइन, सहयोग गर्नुस्’

  • काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार ढङ्गले लागिरहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    विना विकल्प राज्यले हटाउन लागेको भन्दै सुकुमबासीहरूले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    AGNI GROUP

    आचार्यले सुकुमबासी बस्तीलाई मानव ढालको रूपमा प्रयोग नगर्न र अनावश्यक उत्तेजनामा नआउन अपिल गरेका हुन् । सुकुमबासी समस्या समाधानको पहिलो चरणको रूपमा पोखराले निस्सा वितरण गरिसकेको छ । ञबसोबासका लागि अस्थायी प्रमाण (निस्सा) वितरण गर्ने सम्भवतः पोखरा पहिलो हो,' उनले भने, ञनिस्सा प्राप्त गर्नुभएका नागरिकहरूको यथार्थ छानबिन गर्ने कार्य भइरहेको छ ।'

    निस्सा प्राप्त गरेकाहरूको हकमा दुईवटा विकल्पबाट व्यवस्थापन गर्ने महानगरले जनाएको छ । हाल बसोबास गरिरहेको ठाउँ जोखिमरहित भएको र सरकारी परियोजनाका लागि आवश्यक नपर्ने देखिएमा सोही स्थानमा व्यवस्थापन गर्ने र बसोबास गरेको ठाउँ जोखिमपूर्ण वा सार्वजनिक आयोजनाका लागि आवश्यक भएमा नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने मेयर आचार्यले सुनाए ।

    पछिल्लो समय अतिक्रमित क्षेत्र खाली गराउने महानगरको सूचनापछि समस्या गिजोल्ने प्रयास भइरहेको उनको आरोप छ । ञप्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूले आन्दोलन गर्न आवश्यक छैन । महानगर तपाईंहरूको समस्या समाधानका लागि जिम्मेवार छ,' उनी अघि भन्छन्, ञकृपया कसैको स्वार्थका लागि प्रयोग नहुनुहोस् ।'

    उनले सुकुमबासीहरूलाई आफ्ना माग र सुझावहरू राख्नका लागि सङ्घर्ष समिति गठन गर्नुको सट्टा सहयोग तथा सहजीकरण समिति गठन गर्न सुझाए । महानगरले कानुनसम्मत ढङ्गले वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सबै सरोकारवाला पक्षलाई आह्वान गरेको छ । पोखराका सुकुमबासीले आज प्रधानमन्त्री र मेयरलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij