Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । स्पेनिस ला लिगाअन्तर्गतको रियल मड्रिडले एस्पान्योललाई पराजित गरेको छ।
साेमबार बिहान सम्पन्न खेलमा रियलले एस्पान्याेललाई २-० गोल अन्तरले हारएकाे हाे। याे जितसँगै जारी सिजन ३४ खेलबाट ७७ अंक जाेडेकाे रियल दाेस्राे तथा समान खेलबाट ८८ अंक रहेकाे बार्सिलाेना शीर्ष स्थनामा छ। यसकाे उपाधि यात्रा भने करिब सकिएकाे छ।
पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन र खेल गोलरहित बराबरीमा विश्राममा गएको थियो। दोस्रो हाफमा भने रियलले खेलमा पकड जमाउँदै जित सुनिश्चित गर्यो।
५५औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए। उनले गोन्जालो गार्सियाको पासमा सुन्दर फिनिसिङ गर्दै टोलीलाई १-० को अवस्थामा पुर्याए। त्यसपछि ६६औँ मिनेटमा फेरि भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। यस गोलमा जुड बेलिङ्घमले असिस्ट प्रदान गरेका थिए।
एस्पान्योलले केही राम्रा अवसर बनाए पनि रियलका गोलकिपर आन्द्रेई लुनिनले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्। खेलको अन्तिम समयसम्म एस्पान्योलले दबाब सिर्जना गरे पनि गोल फर्काउन नसक्दा रियलले २-० को सहज जित हात पार्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij