Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

  • काठमाडौं । नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ।

    AGNI GROUP

    कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएका छन्।

    गत वर्ष रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्री मानसरोवर, कैलाश गएको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ।

    यात्रु आगमन बढेसँगै भिसा शुल्कबाट राजस्व सङ्कलन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आवको नौ महिनामा मात्र रु ३० लाख राजस्व सङ्कलन भइसकेको छ भने गत वर्षको कुल वार्षिक राजस्व रु ११ लाख २८ हजार २५० सङ्कलन भएको जनाइएको छ।

    हिन्दू, बौद्ध तथा बोन धर्मावलम्बीका लागि मानसरोवर पवित्र तीर्थस्थल मानिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij