Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय खेलकुद परिषद्का २० सदस्य पदमुक्त हुने

राष्ट्रिय खेलकुद परिषद्का २० सदस्य पदमुक्त हुने

  • काठमाडौं । सरकारले ल्याएको अध्यादेशबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का २० सदस्य पदमुक्त हुने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ मार्फत राखेपका २० सदस्य पदमुक्त हुन लागेको हो ।

    AGNI GROUP

    ३७ सदस्यीय बोर्डमा रहने राखेपमा एक सदस्य नियुक्त गर्न बाँकी थियो । त्यसबाहेक अघिल्ला सरकारका पालामा नियुक्त भएका २० सदस्यको पद जान लागेको हो ।

    उपाध्यक्ष धु्रव आचार्यले यसअघि नै राजीनामा दिएका थिए । सदस्य सचिवको कार्यकाल सकिँदा नयाँ नियुक्त भइसकेको छैन । मन्त्रालयका सहसचिव रामचरित्र मेहतालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

    ७ प्रदेशका सदस्य सचिव, ३ विभाग नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि पदेन सदस्यको रुपमा हुन्छन् ।

    युवा तथा खेलकुदका सचिव, शिक्षा विज्ञान प्रविधि मन्त्रालयका प्रतिनिधि र खेलकुद मन्त्रालय खेलकुद विकास महाशाखाका सहसचिव पनि पदेन सदस्यको रुपमा रहन्छन् । बोर्डको अध्यक्षता खेलकुदमन्त्रीले गर्ने प्रावधान छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij