Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम

आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना

  • काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू , नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ।

    onlinepatrika
    Arghakhachi

    हाल कोशी,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    AGNI GROUP

    आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राती देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।

    लुम्बिनी प्रदेशको पहाडी भुभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij