Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्वोच्चका १३ न्यायाधीशको इजलासले माग्यो एमिकस क्युरी, किन?

सर्वोच्चका १३ न्यायाधीशको इजलासले माग्यो एमिकस क्युरी, किन?

  • काठमाडौं । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले एमिकस क्युरी माग गरेको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित १३ जनाको बृहत् पूर्ण इजलास बसेको हो।

    AGNI GROUP

    बृहत पूर्ण इजलास विशेष अवस्थामा मात्रै बसिन्छ। 

    सर्वोच्च अदालतकै कर्मचारी बालाजीप्रसाद पाण्डेय सहित ५ जनाले ‘आवश्यक निकासा सम्बन्धमा’ प्रतिवेदन पेस गरेको थियो।

    सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार जेनजी आन्दोलनपछि जलेका मिसिलमा उल्लेख भएका बयान के गर्ने भन्ने विषयमा निर्क्यौल गर्न प्रतिवेदन पेस गरिएको हो।

    ‘जेनजी आन्दोलनमा धेरै मुद्दाका मिसिलहरू जले। त्यसमा उल्लेख भएका बयानलाई के गर्ने भन्ने विषय हो। फेरि बयान लिने वा अरू कुनै उपाय हुनसक्छ भनेर हो। यस विषयमा बृहत पूर्ण इजलासले एमिकस क्युरी बोलाएको छ,’ उनले भने।

    सर्वोच्चले एमिकस क्युरी नेपाल बार एसोसिएसनसँग माग गरेको हो।

    एमिकस क्युरी भनेको अदालतको सहयोगी हो। न्यायालयले कुनै विषयमा राय सल्लाह लिनका लागि एमिकस क्युरीलाई बोलाउने गर्छ।

    बृहत् पूर्ण इजलासमा कायममुकायम प्रधानन्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा, नहकुल सुवेदी, शारङ्गा सुवेदी, अव्दुल अजीज मुसलमान, टेकप्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, श्रीकान्त पौडेल र शान्तिसिंह थापा थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij