Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पाटनको कृष्णमन्दिरअगाडि चक्कु प्रहार गरेर दुई दाजुभाइको हत्या गर्ने सन्जीव नेपालीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले अनुसन्धान अन्तिम चरणमा पुगेको र अब एक/दुई दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाइने बताए ।
गएको चैत २५ मा ललितपुर भोलढोकाका ३२ वर्षीय नेपालीले झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र सुमित नेम्बाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए ।
चक्कु प्रहार गरेर भाग्दै गरेका नेपालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीको अनुसन्धानका क्रममा नेपालीसित अर्का युवा नवलपरासी गैडाकोट–१ का गगन सुनारसमेत चक्कु प्रहार गर्न पुगेको खुलेपछि उनलाई पनि पक्राउ गरेको थियो ।
उनीहरु दुबैमाथि ज्यान मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले दुबैमाथि गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वलिक कार्यालय ललितपुरलाई बुझाउने तयारी छ।
ज्यान मुद्दामा प्रहरीलाई २४ दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । नेपाली पक्राउ परेको २१ दिन भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij