Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब एकले अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार २६.१६ अंक घटेर २७७०.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९८ अंक बढेर २७७१.२५ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।०३ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ४० स्टकको ६९ पटकको कारोबारमा १ करोड ६१ लाख ९६ हजार ५०५ रुपैयाँ ४९ पैसाबराबरको ४ हजार ५२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij