Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शेखर गोल्छा तीन दिन हिरासतमा

शेखर गोल्छा तीन दिन हिरासतमा

  • काठमाडौं । सेयर कारोबारसँग जोडिएको अनुसन्धानका क्रममा व्यवसायी शेखर गोल्छा लाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछाने को इजलासले सोमबार उक्त आदेश दिएको हो।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो को टोलीले गोल्छालाई वैशाख १० गते नक्सालबाट नियन्त्रणमा लिएको थियो। हाल उनीमाथि सेयर कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ।

    AGNI GROUP

    नेपाल धितोपत्र बोर्ड ले तयार पारेको प्रारम्भिक जाँच प्रतिवेदनमा गोल्छाको नाम उल्लेख भएपछि अनुसन्धान अगाडि बढाइएको हो। उक्त प्रतिवेदन ‘दीपक भट्टको धितोपत्र कारोबार’सँग सम्बन्धित छ, जसमा विभिन्न व्यक्ति र संस्थाको संलग्नता देखाइएको थियो।

    अनुसन्धानका क्रममा दीपक भट्ट मुख्य व्यक्तिका रूपमा र अन्य सहयोगीका रूपमा विभिन्न कम्पनी तथा व्यक्तिहरूको नाम उल्लेख गरिएको छ। तीमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लगायतका संस्थासँगै केही व्यक्तिगत लगानीकर्ताको रकम प्रयोग भएको देखिएको छ।

    भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत गरिएको कारोबारमा गोल्छाको रकमसमेत प्रयोग भएको विवरण सार्वजनिक भएको छ। सो कारोबारसँग सम्बन्धित करिब ५२ करोड ५० लाख रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ।

    यस प्रकरण सार्वजनिक भएपछि गोल्छाले हिमालयन रि इन्स्योरेन्स को अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनी हाल गोल्छा अर्गनाइजेशन का अध्यक्ष हुन्, जुन देशकै पुरानो औद्योगिक समूहमध्ये एक मानिन्छ। साथै उनी नेपाल उद्योग वाणिज्य महासंघ का पूर्वअध्यक्षसमेत हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट