Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चितवनका ६ पालिकाबाट करदाता सेवा केन्द्र सुरु

चितवनका ६ पालिकाबाट करदाता सेवा केन्द्र सुरु

  • काठमाडौं ।चितवन जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सञ्चालनमा आएका छन्। भरतपुर महानगरपालिकाबाहेक पाँच नगरपालिका र एक गाउँपालिकाबाट सेवा सुरु गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    सरकारको कात्तिक १७ को निर्णयपछि खैरहनीस्थित करदाता सेवा केन्द्र हटाइएपछि स्थानीय तहबाट सेवा दिने व्यवस्था गरिएको हो। 

    AGNI GROUP

    आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा माघदेखि सेवा सुरु भएको थियो। त्यसपछि खैरहनी र चैत १९ गतेदेखि माडीमा सेवा सुरु गरिएको थियो भने आजदेखि इच्छाकामनामा पनि सेवा सुरु गरिएको छ।

    आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले सम्बन्धित पालिकाका कर्मचारीलाई प्रशिक्षण दिएका छन्। पालिकाबाट व्यक्तिगत तथा व्यावसायिक प्यान वितरण, करदाता विवरण संशोधन, आयकर कारोबार बन्द, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस, कर चुक्तासम्बन्धी सिफारिस र करदाता शिक्षा प्रदान गर्न सकिनेछ।

    अनुगमन, अनुसन्धान र कर परीक्षण भने आन्तरिक राजस्व कार्यालयबाटै हुने जनाइएको छ। भरतपुरमै कार्यालय रहेकाले महानगरमा भने सेवा केन्द्र सञ्चालन गरिएको छैन।

    कार्यालयमा ७४ हजार करदाता रहेका छन्। चालु आर्थिक वर्षमा रु २९ अर्ब ८१ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij